Logo

काठमाडौंका प्रत्येक नगरलाई महानगरले दियो १ करोड, पार्क निर्माण र जग्गा संरक्षणमा खर्च

काठमाडौंका प्रत्येक नगरलाई महानगरले दियो १ करोड, पार्क निर्माण र जग्गा संरक्षणमा खर्च



काठमाडौं । काठमाडौं जिल्लाका सबै नगरलाई काठमार्डौं महानगरले जनही १ करोड रुपैयाँ उपलब्ध गराएको छ । कामपाले पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी रकम उपलब्ध गराएको हो ।

laxmi

आइतबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नगर प्रमुखहरुसँग साझेदारिता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहयोग रकमवापतको चेक उपलब्ध गराएका हुन । काठमाडौंका १० वटा नगरपालिकामध्ये टोखा नगरले गएको असार २० गते रकम लगिसकेको छ । आइतबार टोखाबाहेकका नगरलाई चेक प्रदान गरिएको हो । चेक बुझ्न सबै नगरका प्रमुखहरु उपस्थित थिए ।

महानगरले उपलब्ध गराएको रकम प्रचलित खरिद ऐनको प्राबधानबमोजिम खर्च गर्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरले जुन योजना पेश गरेर रकम प्राप्त गरेको हो, त्यसै योजनामा रकम खर्च गर्नु पर्नेछ । यदि यसो नभए, नगरले प्राप्त गरेको रकम महानगरलाई व्याजसहित फिर्ता गर्नु पर्नेछ । महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार — काठमाडौंका १० वटा नगरमध्ये ८ वटाले पार्क तथा हरियाली प्रवर्धनका लागि खर्च गर्ने योजना महानगरमा पेश गरेका छन् भने २ वटाले धाम निर्माण गर्ने योजना अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL