Logo

काठमाडौंमा २८४ सार्वजनिक शौचालय बनाउन प्रारम्भिक अध्ययन, यी स्थानमा बन्नेछन शौचालय

काठमाडौंमा २८४ सार्वजनिक शौचालय बनाउन प्रारम्भिक अध्ययन, यी स्थानमा बन्नेछन शौचालय



काठमाडौं । काठमाडौं महानगरभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । सार्वजनिक शौचालय सम्बन्धी अध्ययन गर्न माघ ६ गत गठन भएको कार्यदलले सोमबार उक्त प्रतिवेदन कामपामा बुझाएको हो ।

काठमाडौंको सहरी आवश्यकता पूरा गर्न भएकालाई स्तर उन्नति गर्ने, केही नयाँ ठाउँमा थप गर्ने शिफारिस गर्दैै प्रतिवेदनले, शौचालयलाई सशुल्क चलाउने कि निशुल्क चलाउने? भन्ने नीतिगत व्यवस्था गर्नुपर्ने खाँचो देखाएको छ । कार्यदलले सोमबार, सार्वजनिक शौचालय निर्माणका लागि ठाउँ पहिचान गर्ने, निर्माण तथा सञ्चालन ढाँचा तयार गर्ने अधिकार सम्पन्न समितिका संयोजक एवं काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई बुझाएको हो ।

उक्त प्रतिवेदनले अहिले ५८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको तथ्यमा टेकेर भएका शौचालयको अवस्था परिवर्तन तथा सुविधा थप गरेर तत्काल महसुस गर्न लायक सुधार आउने सुझाव दिएको छ । अहिले सञ्चालनमा रहेका शौचालयहरु वरिपरिबाट पसलले घेरिएको अवस्थामा छन् । साधारण मान्छेले शौचालय कहाँ छन् छुट््याउनै सक्दैनन् । कतिपय शौचालय पैसा उठाउन मात्र चलेका छन् । त्यहाँ न सरसफाइ छ । न पानीको प्रबन्ध छ । न उज्यालो छ । यसरी चलेका शौचालयलाई व्यापारभन्दा सेवाका लागि रुपान्तरण गर्नुे प्रतिवेदनले देखाएको छ ।

कार्यदलले महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने सम्भावना देखाएको छ । वडाध्यक्षहरुसँगको छलफलपछि यो स्थान बढ्न पनि सक्छ । यी स्थानहरुमा शौचालय बनाउँदा आवश्यकतालाई आधार बनाउनु पर्छ । यसरी हेर्दा टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछा पोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी पहिलो चरणमा काम गर्नु पर्ने स्थानका रुपमा शिफारिस भएका छन् । यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसि, जुद्ध शालिक आसपास, हनुमान ढोका, जमल, लैन चौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नु पर्ने स्थानमा रुपमा शिफारिस छन् । यी बाहेकका स्थानमा दोश्रो चरणमा काम गर्दा चाप व्यवस्थापन हुनेछ ।

प्रतिवेदन बुझिसकेपछि समितिकी संयोजक एवं महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले — कामको थालनी भइरहेका शौचालयको अवस्था र व्यवस्थामा सुधार गरेर अघि बढ्ने बताईन । मैले समितिका सदस्य १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल र १८ वटाका अध्यक्ष न्हुच्छकाजी महर्जनसँग छलफल गरिसकेकी छु । शौचालय वरिपरि भएका पसल हटाएर शौचालयलाई टाढैबाट देख्ने बनाउने बिषयमा हाम्रो एउटै मत छ । पहिले शौचालय देखिनुप¥यो, त्यसपछिको खाली ठाउँमा बगैचा बनाउनु प¥यो । त्यसका लागि यस अघि भएका सम्झौताका बुँदाहरु अध्ययन गर्छौं । \

शौचालयको अबस्था बुझ्न टोली फिल्डमा

महानगरभित्र सञ्चालनमा रहेका सार्वजनिक शौचालयको अवस्था बुझ्न आइतबार उपप्रमुखको नेतृत्वमा समितिका सदस्यहरु (ईश्वरमान डंगोल र न्हुच्छेकाजी महर्जन) को टोली बिज्ञसहित सहरका विभिन्न ठाउँमा पुगेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL