Logo

श्रीस्वस्थानीको मेलामा शालीनदी जाँदै हुनुहुन्छ ? यसरी ठग्दैछन सार्वजनिक सवारीले यात्रुलाई

श्रीस्वस्थानीको मेलामा शालीनदी जाँदै हुनुहुन्छ ? यसरी ठग्दैछन सार्वजनिक सवारीले यात्रुलाई



काठमाडौं । पछिल्लो समय श्रीस्वस्थानी ब्रतकथाका लागि सालीनदी जाने यात्रुहरु सार्वजनिक यातायातबाट ठगिने गरेका छन । सालीनदीबाट रत्नपार्कसम्म १७ किलोमिटरको बाटो भएपनि सार्वजनिक सवारी साधनले भने सरकारले तोकेको भन्दा दोब्बर बढी पैसा लिने गरेको पाईएको हो ।

सालीनदीमा श्रीस्वस्थानी ब्रतकथाका लागि जाने भक्तजनहरुको चाप बढेसँगै सार्वजनिक सवारीसाधनका यात्रुहरुले मार खेप्नुपरेको हो । सरकारले हाल काठमाडौं उपत्यकामा १९ किलोमिटरसम्मको भाडादर २६ रुपैयाँ तोकिदिएको भएपनि यात्रुहरु भने ४० देखि ५० रुपैयाँसम्म तिर्न बाध्य भएका छन ।

भक्तजनहरुलाई सालिनदी नगईनहुने बाध्यता भएपछि सार्वजनिक सवारीसाधनले मान्छे हेरेर कसैलाई ५० कसैलाई ६० रुपैयाँसम्म लिने गरेको यातायात ब्यबस्था अभियन्ता राम थापाले जानकारी दिए । उनले सार्वजनिक सवारीसाधनले यात्रुसँग पैसा लिईसकेपछि टिकट दिने नगरेको पनि बताएका छन । हाल साझालगायत २÷३ ओटा कम्पनीले मात्रै यात्रुलाई टिकट दिने गरेको भएपनि अन्यले नदिने गरेको उनले जानकारी दिए ।

सरकारले बैज्ञानिक भाडादर लागु गरेको भनेपनि सार्वजनिक सवारीका यात्रुहरुले भने सोही अनुसार सहजताको वातावरण नपाईसकेको गुनासो गरिरहेका छन ।

यस्तो छ बैज्ञानिक भाडादर वृद्धि

२०६५ सालदेखि गाडीमा प्रयोग हुने बेयरिङ, टायरलगायत १८ ओटा पार्टपुर्जाको मूल्य बढेको, चालक र सहचालकको तलव बढेको अबस्थामा र बैंक फाइनान्सले कर्जा बढाएको आधारमा सार्वजनिक सवारीसाधनको भाडा बढाईने गरिएको छ । यस्तै नेपाल आयल निगमले ५ रुपैयाँसम्म पेट्रोलियम पदार्थको मूल्य बढायो या घटायो भने सार्वजनिक सवारीसाधनको भाडा बढ्ने वा घट्ने गरेको गरेको छ ।

यसका आधारमा भाडा बढ्ने भएकाले सार्वजनिक सवारी धनीहरुले चालक तथा सहचालकको तलव नबढाईकनै बढाएको भन्दै र पार्टपुर्जाको मूल्य बिलमा बढी देखाएर बेलाबेलामा भाडा बढाईरहेका थिए । यस्तो हुँदा बैज्ञानिक भाडादरले यात्रुलाई सास्ती र व्यबसायी मात्रै पोसिने भएपछि २०६७ सालमा उक्त बैज्ञानिक भाडादर वृद्धि रकियो र त्यसपश्चात यातायात ब्यबस्था विभागमा यसका बारेमा कुरा उठेपनि सही निक्र्याेल हुन सकेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL