Logo

त्यो अडियो रेकर्ड जसले महासंघ कोषाध्यक्ष प्रधानलाई राजीनामा दिन बाध्य बनायो

त्यो अडियो रेकर्ड जसले महासंघ कोषाध्यक्ष प्रधानलाई राजीनामा दिन बाध्य बनायो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कोषध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पदबाट राजीनामा दिएका छन् ।

आइतबार बसेको महासंघको कार्यकारिणी बैठकमा उनले महासंघको विरुद्धमा बोलेको अडियो रेकर्ड सुनाएर विवाद निकालेपछि कोषध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।

बैंठक सुरु भएपछि कोषाध्यक्ष प्रधानले कृषि उद्यम केन्द्रको विषयमा मिडियामा दिएको सूचनाको अडियो महासंघ अध्यक्ष भवानी राणाले सुनाएपछि उनले राजीनामा दिएका हुन् ।

अध्यक्ष राणाले कृषि उद्यम केन्द्रमा भएको अनियमितताको विषयलाई लिएर प्रधानले बोलेको अडियो रेकर्ड मिटिङ्मै सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL