Logo

लगानी सम्मेलन सफल बनाउन स्विजरल्यान्डबाटै प्रम ओलीको आग्रह

लगानी सम्मेलन सफल बनाउन स्विजरल्यान्डबाटै प्रम ओलीको आग्रह


रासस
81
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लगानी सम्मेलनलाई सफल बनाउन आग्रह गरेका छन ।
जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडाँैमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन ।

अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन पनि उनले आग्रह गरेका छन ।

नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकताअनुसार परिमार्जन हुनसक्छ ।’ उनले मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोस आएको जानकारी दिएका छन ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राजदूत दीपक धितालले गतिशील नेतृत्वमा नेपाल अगाडि बढिरहेको र डाभोसमा पनि नेपालले राजनीतिक समस्या समाधान गरी समृद्विको बाटामा हिँड्न चाहेको सन्देश दिएको बताए ।

एनआरएन स्वीट्जरल्याण्डका अध्यक्ष भूमि गुरुङले स्वीट्जरल्याण्डमा करीब चार सय नेपाली रहेको र तिनीहरु रेष्टुरेण्ट, पर्यटन व्यवसाय, चिकित्सा, इञ्जिनियरिङ तथा बैङ्किङ क्षेत्रमा कार्यरत रहेको जानकारी दिए । नेपाल स्वीट्जरल्याण्ड मैत्री सङ्घका अध्यक्ष मार्कस रुक्स्तुलले विद्यावारिधिको विद्यार्थीका रुपमा नब्बेको दशकमा नेपाल जाँदा तल्लो तहको पनि जानकारी पाएपछि नेपालीसंँग आफ्नो सम्बन्ध जोडिएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL