Logo

कर्मचारीको कामको अभिलेख राख्न ई-डायरी संचालनमा ल्याउँदै कामपा, आउला संचालनमा ?

कर्मचारीको कामको अभिलेख राख्न ई-डायरी संचालनमा ल्याउँदै कामपा, आउला संचालनमा ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीको दैनिक काम कारवाही कसरी चल्छ भनेर अभिलेख राख्नका लागि ई-डायरीको प्रश्ताव अघि बढाएको छ । कामपा अन्तरगत सहरी योजना आयोगले कर्मचारीहरुको दैनिक कामको अभिलेख र सम्पादन गरिरहेको कामका विषयमा जानकारी राख्न “ई—डायरी” कार्यान्वयनमा ल्याउन सकिने अवधारणा अघि सारेको हो ।

सहरी योजना आयोगमा यो प्रणाली परीक्षण भइसकेको र यसबाट कर्मचारीका नियमित कामबाहेक अन्य कुन कुन काम भए? भेटघाट र छलफल के—के भए? भ्रमण र प्रतिनिधित्व कहाँ भयो भन्ने कुराको अभिलेख तयार हुने कामपाले जानकारी दिएको छ ।

उक्त ई डायरी संचालनमा आईसकेपछि कसलाई कस्तो कार्यभार छ ? कहाँ कति जनशक्तिको आवश्यकता छ, जस्ता विषयमा निर्णय गर्न गराउन सजिलो हुने सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले जानकारी दिए ।
प्रस्तुतीकरण सुनिसकेपछिको संक्षिप्त प्रतिक्रियामा मेयर विद्यासुन्दर शाक्यले, प्रणाली परिपक्व बनेपछि यसका विषयमा बोल्ने जानकारी दिएका छन ।

महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहसचिवहरु, विभागीय प्रमुख, वडा सचिवका बीच गरिएको प्रस्तुतीकरणमा सदस्य सचिव बस्नेतले प्रणालीका विषयमा जानकारी दिँदै यो हरेक कर्मचारी आफैंले विवरण भर्ने प्रणाली भएको बताए ।

उक्त अवधारणालाई मोवाइलबाटै भर्न सकिने र भर्न कम्तीमा २ मिनेट र बढीमा १५ मिनेटसम्म लाग्न सक्ने पनि जानकारी दिएका छन । फेसबुक चलाउन जस्तै सजिलो यस प्रणालीमा आफू सहभागी भएको कार्यक्रमको फोटो, त्यससँग सम्बन्धित कागजपत्र र आफूसँग सहभागी भएका अन्य २ जना सहभागीको परिचय खुलाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL