Logo

काठमाडौंमा स्मार्ट सार्वजनिक शौचालयको काम अघी बढ्यो, २ कार्यदल गठन

काठमाडौंमा स्मार्ट सार्वजनिक शौचालयको काम अघी बढ्यो, २ कार्यदल गठन



काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्नका लागि २ वटा कार्यदल गठन गरेको छ ।

आईतबार कामनपामा बसेको बैठकले सार्वजनिक शौचालय निर्माण र संचालनका लागि कार्यदल गठन गरेको हो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा बसेको उक्त बैठकमा ‘अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति’ले कार्यदल गठन गरेको छ ।

प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्य्विधि तयार गर्नेछ भने सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेको संयोजकत्वमा गठित समितिले शौचालय निर्माणका लागि स्थान पहिचार्न र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्ने भएको छ ।

डंगोलको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजस्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख बसन्त आचार्य र कानुन महाशाखाकी शाखा अधिकृत शरि वाग्ले सदस्य रहेको कामपाले जानकारी दिएको छ ।

त्यस्तै ध्रुब काफ्लेको अध्यक्षतामा गठित कार्यदलमा निर्देशक रविनमान श्रेष्ठ, इञ्जिनियरहरु निर्मलराज बराल, निशा कोइराला र प्रमिला पराजुली सदस्य रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL