Logo

चाईना काउन्सिल र नेपाल चीन चेम्बरबीच छलफल, रेल्वे, बैंकिङ र पर्यटन प्रवर्द्धनका लागि सहयोग

चाईना काउन्सिल र नेपाल चीन चेम्बरबीच छलफल, रेल्वे, बैंकिङ र पर्यटन प्रवर्द्धनका लागि सहयोग



काठमाडौं । चाईना काउन्सील फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड ( सीसीपिआइटी हेड क्वाटर) का उपाध्यक्ष झाङ सेङफेङको प्रतिनिधि मण्डल र नेपाल चीन उद्योग वाणिज्य संघबीच छलफल भएको छ ।

नेपाल भ्रमणमा आएका सेङफेङको प्रतिनिधि मण्डलसंग नेपाल चीन उद्योग वाणिज्य संघले आज राजधानीमा नेपालमा ब्यापार तथा लगानीको विषयमा छलफल गरेको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई संस्थाबीच घनिष्ट सम्बन्ध रहेको बताउँदै विद्यमान संभावनाहरु पहिचान तथा लगानीका लागि अझ नजिक ल्याएको बताएका छन । संघले हाल सम्म चाईना काउन्सील अन्तर्गतका ३० वटा चाईना काउन्सील सव काउन्सीलसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

साथै हाल नेपालमा स्थायी सरकार रहेको तथा अतिकम विकसित देशले पाउने सुविधा नेपालले प्राप्त गर्ने भएको हुँदा चीनीयाँ व्यवसायीलाइ नेपालम उधोग स्थापना गरी निर्यात वढाउन समेत अनुरोध गरेका छन । साथै उनले लगानीका लागि पर्यटन, कृर्षि, जलश्रोत तथा पुर्वाधार उपयुक्त क्षेत्र रहेको समेत बताएका छन ।

चाईना काउन्सीलका उपाध्यक्ष झाङ सेङफेङले हाल प्रतिनिधि मण्डलमा रेल्वे, प्रविधी, टेलि कम्युनीकेसन, कन्स्ट्रक्सन, कषि, इन्जीनिएरिङ आदि क्षेत्रका लगानीकर्ताहरु संलग्न रहेको जानकारी दिएका छन ।

कतिपय व्यापारीहरुले नेपालमा लगानी गरिसकेको र कतिपय लगानीका लागि नेपाल आएको कुरा बताउँदै नेपालमा रेल्वेको विकास, बैंकिङ सम्बन्ध, हवाइ सम्पर्क तथा पर्यटन बृद्धिका लागि सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL