Logo

नागरिक लगानी कोषमा आगलागी, क्षतीको विवरण आउन बाँकी

नागरिक लगानी कोषमा आगलागी, क्षतीको विवरण आउन बाँकी



काठमाडौं । नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा आगलागी भएको छ । दिउँसो नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको कार्यालयमा आगलागी भएको हो ।

आगलागीबाट भवनको टेवल, कुर्सी तथा कागजात जलेर नष्ट भएका छन । बिजुलीको तार सर्ट भएर लागेको आगो जनपथ प्रहरीको सहयोगमा बारुणयन्त्रले निभाउने प्रयास गरेको छ ।

आगलागीबाट भएको क्षतीको विवरण भने अझै आईसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL