Logo

४ करोड धरौटीमा रिहा भए पूर्वमन्त्री बिक्रम पाण्डे, पैसा बुझाउन नसक्दा ग्लोबल बैंक बस्यो ग्यारेन्टी

४ करोड धरौटीमा रिहा भए पूर्वमन्त्री बिक्रम पाण्डे, पैसा बुझाउन नसक्दा ग्लोबल बैंक बस्यो ग्यारेन्टी



काठमाडौं । पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका छन । विशेष अदालतले बुधबार भ्रष्टाचार मुद्दामा परेका उनलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको हो । उनले सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले ४ करोड धरौटी माग्ने निर्णय गरेको थियो । उनको रकम तिर्नका लागि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेको छ ।

अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL