Logo

फुट्यो विवेकशील साझा, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता

फुट्यो विवेकशील साझा, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ता



काठमाडौं । विवेकशील साझा पार्टी २ भागमा विभाजित भएको छ । पार्टीका संयोजक रहेका उज्वल थापाले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेपछी पार्टी विभाजित भएको हो ।

थापाले दर्ता गरेको नयाँ पार्टीको नाम विवेकशिल नेपाली दल राखिएको छ । विवेकशील साझा पार्टीमा रहेका ३७ सदस्य मध्ये नयाँ पार्टीमा १६ जना गएका छन । उक्त नयाँ दर्ता भएको पार्टीमा रञ्जु दर्शना, विराज भट्ट श्रेष्ठ, भुपदेव शाह लगायतका कार्यकर्ताहरु गएका हुन ।

डेढ बर्षअघी नयाँ पार्टी बनाउने भन्दै रविन्द्र मिश्रको साझा पार्टी र उज्वल थापाको विवेकशील पार्टी एकिकरण भई विवेकशील साझा पार्टी बनेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL