Logo

पुराना ट्याक्सीको नंवर प्लेटमा नयाँ ट्याक्सी दर्ता खुल्यो, प्रति नंवर प्लेट १० लाखमा बिक्री

पुराना ट्याक्सीको नंवर प्लेटमा नयाँ ट्याक्सी दर्ता खुल्यो, प्रति नंवर प्लेट १० लाखमा बिक्री



काठमाडौं । सरकारले पुराना ट्याक्सीको नंवर प्लेटमा नयाँ ट्याक्सी दर्ता खुला गरेको छ । यातायात ब्यबस्था विभागले पुस १८ गते एक पत्र लेख्दै यातायात अञ्चल कार्यलयलाई पुराना ट्याक्सीको नंवर प्लेटमा नयाँ ट्याक्सी दर्ता गर्न निर्देशन दिएसँगै पुराना ट्याक्सी हटाई (स्क्र्याव) गरी नयाँ ट्याक्सीको दर्ता सुरु भएको हो ।

यातायात अञ्चल कार्यालय बागमतीका प्रमुख बसन्त पन्थीका अनुसार विभागको पत्र अनुसार पुस १८ गतेदेखि उक्त दर्ता खोलिएको हो । उनका अनुसार हाल उक्त ट्याक्सी दर्ता गर्नका लागि तथा ट्याक्सीको नंवर नामसारी गर्दा जम्मा ५ सय रुपैयाँ लिने गरेको बताए । तर ट्याक्सी ब्यबसायीले भने आफ्नो नाममा रहेको नंवर अर्काेलाई बिक्री गर्दा ९ देखि १० लाख रुपैयाँ लिने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार हाल बजारमा नयाँ ट्याक्सीको मूल्य करिव १५ देखि १६ लाखसम्म पर्छ । तर सोही ट्याक्सीलाई पुरानो नंवर प्लेटसहित किन्दा २६ देखि २७ लाख रुपैयाँ पर्ने गरेको छ । ट्याक्सी चालकले नम्बर प्लेटलाई चर्को मूल्यमा खरिद गरेसँगै त्यस्ता व्यवसायीले ट्याक्सीको भाडा बढाउने गरेका छन । यसरी नंवर प्लेटकै ९ देखि १० लाख रुपैयाँ तिर्नुपर्दा नयाँ आउने ट्याक्सी व्यबसायीहरु त मारमा परेका छन त्यसमा पनि ट्याक्सी यात्रुहरु झन मारमा परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यदि सरकारले नयाँ नम्बर प्लेट वितरण गर्ने हो भने एउटा ट्याक्सीको मूल्य १६ देखि १७ लाख रुपैयाँ मात्र पर्दछ । तर यसरी सरकारले नै ट्याक्सीको नयाँ दर्ता नखोलिदिँदा भने ट्याक्सीको मूल्य २६ देखि २७ लाख रुपैयाँ पर्ने गरेको छ । ट्याक्सीको मूल्य बढेसँगै यता ट्याक्सी ब्यवसायीलाई यात्रुले तिर्नुपर्ने पैसा पनि बढ्दै प्रतिकिलोमिटर ५३ रुपैयाँ पुगेको छ । उक्त भाडामा यातायात व्यबसायीले नंवर प्लेटको मूल्य पनि जोड्ने गरेका छ । सरकारले पुराना ट्याक्सीको नयाँ दर्ता गत असोज देखि रोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL