Logo

अजय सुमार्गीलाई इन्भेष्टमेन्ट बैंकबाट झिकेको रकम पुनः जम्मा गर्न सर्वोच्चको आदेश

अजय सुमार्गीलाई इन्भेष्टमेन्ट बैंकबाट झिकेको रकम पुनः जम्मा गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजय सुमार्गीलाई बैंकबाट झिकेको रकम पुनः सोही बैंकमा जम्मा गर्ने आदेश दिएको छ । यसअघि सर्वोच्चका न्यायाधीस दिपकराज जोशीको एकल इजलाशले व्यापारी सुमार्गीले मुक्तिश्री सिमेन्टका लागि भन्दै विदेशबाट ल्याएको पैसा झिक्न पाउने अन्तरिम आदेश दिएसँगै उनले नेपाल इन्भेष्टमेन्टको खाताबाट रकम निकालेका थिए ।

तर, सर्वोच्च अदालतमा प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर र न्यायाधिश आनन्द मोहन भट्टराईसहितको पूर्ण इजलासले यस अघिको निर्णय त्रृटिपूर्ण रहेको भन्दै यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिएको थिए । यससँगै सर्वोच्चले व्यापारी सुमार्गीले इन्भेष्ट बैंकबाट निकालेको पैसा शंकास्पद देखिएको भन्दै पुनः सोही बैंकमा जम्मा गर्न आदेश दिएको हो ।

बिहीबार सर्वोच्चले लिखित आदेश सार्वजनिक गर्दै यसअघि जारी भएको अल्पकालीन आदेश कानुन न्याय र अदालतले अनुसरण गर्दै प्रक्रिया नमिलेको उल्लेख गरेको छ । सोही आधारमा सर्वोच्चले यसअघि एकल इजालसबाट अन्तरकालिन आदेश जारी गराउँदै झिकेको रकम पुनः जम्मा गर्न लगाएको हो ।

सुमार्गीले ल्याएको पैसा काुनन बमोजिम रकम नेपाल भित्राएको हो वा होइन भन्ने प्रश्न अनुत्तरित्त अवस्थामा रहेकाले कानुन बमोजिम जे जस्तो प्रक्रिया अवलम्वन गरि उक्त रकम पुनः इनभेष्टमेन्ट बैंकमा जम्मा गर्नु भनी उक्त आदेशमा उल्लेख छ । साथै नेपाल राष्ट्र बैंकको पत्रमा रकम पठाउने अजय सुमार्र्गी र प्राप्त गर्ने उनकै सामित्वको मुक्तिश्री कम्पनी रहेकाले विदेशी ऋण भन्न सक्ने अवस्था नभई शंकास्पद देखिएको समेत उक्त फैसलामा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL