Logo

अजय सुमार्गीको खातामा आएको वैदेशिक लगानी रोकिने, सर्वाेच्चले दियो आदेश

अजय सुमार्गीको खातामा आएको वैदेशिक लगानी रोकिने, सर्वाेच्चले दियो आदेश



काठमाडौ । व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रोकिने भएको छ । मंगलबार सर्वाेच्च अदालतले उक्त उद्योगमा आएको रकम नरोक्नु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
उक्त उद्योगको लगानीमा आएको रकम नरोक्नु भन्ने अल्पकालीन अन्तरिम आदेश त्रुटिपूर्ण भएको उल्लेख गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो ।

न्यायाधीश दीपकराज जोशीको इजलासले पुस १० गते सो सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
इजलासले सो उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी नरोक्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सुर्खेतमा रहेको सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर सुमार्गीको खातामा जम्मा भएको थियो ।

न्यायधीश जोशीको रकम खुला गर्ने आदेश विरुद्ध नेपाल राष्ट्र बैंक भ्याकेटमा गएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL