Logo

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई भ्रष्टचारको आरोप लागे पछि रिक्त रहेको सो पदको लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन माग गरेको थियो जसमा १२ जनाको आवेदन परेको थियो भने १२ जनाबाट ५ जना सर्ट लिस्टमा परेका थिए ।

५ जना मध्ये मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गरेको हो । निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL