Logo

आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा, १८ करोड ६६ लाख विगो दाबी

आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा, १८ करोड ६६ लाख विगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध मुद्दा दायर गरेको छ ।

खडकाले करिब १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले सोमबार मुद्दा दायर गरिएको जानकारी दिएको छ ।

लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइएको छ । प्रवक्ता दङ्गालका अनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL