Logo

तेस्रो निर्यात दिवसको आयोजनामा प्रभातफेरी कार्यक्रम

तेस्रो निर्यात दिवसको आयोजनामा प्रभातफेरी कार्यक्रम



काठमाडौं । नेपाल निर्यात परिषदले तेस्रो निर्यात दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ । परिषदका अध्यक्ष सुरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा उक्त प्रभातफेरीको आयोजना गरेको हो ।

विहान ८ बजेदेखि गरिएको उक्त प्रभातफेरीमा ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अध्यक्ष सरद विक्रम राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा विभिन्न संघसंस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

काठमाडौंको ठमेलमा आयोजित उक्त प्रभातफेरीमा ब्यापार तथा निकासीलाई मुख्य नाराको रुपमा राखिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL