Logo

ट्याक्सीको भाडा पुनः बढ्यो, कति पुग्यो हेर्नुहोस

ट्याक्सीको भाडा पुनः बढ्यो, कति पुग्यो हेर्नुहोस



काठमाडौं । सरकारले ट्याक्सीको भाडा पुनः बढाउने प्रक्रिया सुरु गरेको छ । नेपालमा विभिन्न समयमा ट्याक्सीको भाडा बढेको भएपनि सार्वजनिक सवारी अन्तरगत पर्ने ट्याक्सीको भाडा भने फेरी बढ्ने भएको हो ।

विभिन्न समयमा विभिन्न आन्दोलन लगायतका कार्यक्रममहरु गर्दै भाडा बढाउन सरकारलाई दबाब दिईरहने ट्याक्सी ब्यबसायीलाई पुनः भाडा बढेसँगै राहत मिल्ने भएको छ । सरकारले गएको असोज ६ गते पनि सार्वजनिक सवारीसाधनहरुको भाडा बढाएको थियो तर हाल ट्याक्सीवालाहरुले भने २०६९ सालदेखि भाडा नबढेको भन्दै पुनः भाडा बढाउन सरकारलाई दवाब दिएका हुन ।

यसभन्दा अघी प्रतिकिलोमिटर ५० रुपैयाँ लिने ट्याक्सीवालाले अब प्रतिकिलोमिटर ५३ रुपैयाँ लिने भएका छन । नेपाल गुणस्तर तथा नापतौल विभागले भने उपत्यकाका झन्डै २ हजारओटा ट्याक्सीमा भाडा समायोजन गरिसकेको जानकारी दिएको छ । यही असोज ७ गते पेट्रा्लियम पदार्थको मूल्य वृद्धि भएपछि यातायात व्यबस्था विभागले ट्याक्सीको भाडा १० प्रतिशतले बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL