Logo

७३ वर्ष देखी मुआब्जाको पर्खाइमा सप्तकोशी पीडित, कहिले पाउला राहत

७३ वर्ष देखी मुआब्जाको पर्खाइमा सप्तकोशी पीडित, कहिले पाउला राहत


रासस
54
Shares

काठमाडौं । सप्तरीस्थित भारदह सिमानामा रहेको सप्तकोशी नदी पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको सप्तरीवासीको सयौं बिगाहा जग्गाको मुआब्जा अझै पाएका छैनन् ।

करीब ७३ वर्षदेखि नेपाल सरकारले भारत सरकारसँग कुटनीतिकरुपमा ठोस पहल गर्न नसक्दा मुआब्जाकै पर्खाइमा ३÷३ पुस्ताले समस्या झेल्नु परेको हुनुमाननगर कंकालिनी नगरपालिका–२ का श्यामसुन्दर खड्गाले बताएका छन ।

प्रदेश नं १ को सुनसरी र प्रदेश नं २ को बीचमा अवस्थित सप्तकोशी नदीमा पुल निर्माणको बेला सप्तरीको साविक भारदह गाविस र हाल हुनुमाननगर कंकालनी नगरपालिका वडा नं १,२,३ र ४ सहित अन्य वडा गरी जोगिनियाँ, हनुमाननगर, डलुवा, रम्पुरा मल्हनियाँका जनता पुख्र्यौली सम्पत्तीको मुआब्जाका लागि नेपाल र भारतका सरकारी अड्डामा धाएर हैरान भएको साविकको भारदह गाविस–१ निवासी कपलेश्वर माझीले बताएका छन ।

कपलेश्वरका छोरा धनेश्वर माझी सप्तकोशी नदी पुल निर्माणको बेला २९ वर्षका थिए र उनका छोरा कपलेश्वर माझी भर्खर जन्मिएका थिए । धनेश्वरको मृत्यु भइसकेका छन् भने कपलेश्वर अहिले ७३ वर्षका वृद्ध भइसकेका छन ।

धनेश्वरको मृत्युपछि उनका छोरा कपलेश्वर भारतले अधिग्रहण गरेको आफ्नो पुख्खौंली नम्बरी जग्गाको हालसम्म मुआब्जा नपाएको गुनासो गर्छन । त्यस्तै हनुमाननगर कंकालनी नगरपालिका–२ सकरदहीका ७५ वर्षीय गोसाईं मण्डल भनछन, कोशी ब्यारेज बनेको बेला नम्बरी जग्गा दियो तर अहिलेसम्म भारत सरकारले मुआब्जा दिएको छैन ।

नेपाल सरकारको तर्फबाट समेत कुनै पहल नहुँदा भारदहलगायत अन्य गाउँवासीले मुआब्जा नपाउँदा यहाँका अधिकांश युवा अहिले ऋण काढेर विदेश पलायन हुने गरेका छन् । हामीहरुले कोशी ब्यारेज बनाउनका लागि जग्गा दियो अब जग्गा पनि छैन, मुआब्जा पनि दिंदैन आखिर के गरी खाने भनेर सोही ठाउँका अर्का बिलेती विश्वासले गुनासो थपे ।

जग्गा नहुँदा अधिकांश युवा विदेश पलायन हुने गरेकाप्रति सरकार गम्भीर नहुँदा आफूहरु मर्कामा परेको उनले बताए । यस्तै सप्तरी, सुनसरी र उदयपुरका झण्डै ४ हजार परिवारको पनि अवस्था यस्तै छ । कोशी ब्यारेज निर्माणका क्रममा सप्तरीको एउटा गाउँ भारदहको मात्रै ६ सय बिघा नम्बरी जग्गा पुल निर्माणको क्रममा अधिग्रहण गरिएको थियो ।

सन् १९४४ मा सप्तरी र सुनसरीको सिमानामा भारत सरकारले सप्तकोशी नदीमा ५६ ढोकासहितको कोशी ब्यारेज पुल निर्माण गरिएको थियो । कोशी ब्यारेज निर्माणको क्रममा सप्तरी बाहेक केही भाग सुनसरी र उदयपुर जिल्ला गरी झण्डै १३ हजार बिगाहा नम्बरी जग्गा भारत सरकारले अधिग्रहण गरेको स्थानीयवासीको भनाइ छ ।

३ जिल्लाका झण्डै ४ हजार परिवारको गरिखाने खेतको आजसम्म कुनै लेखाजोखा छैन भने किसानको यति ठूलो समस्यालाई पनि नेपाल सरकारले भारत सामु उठाउन नसक्नुले यहाँका किसान समस्यामा परेको स्थानीयवासी हरिशंकर विश्वासको गुनासो छ ।

यसबाहेक प्रत्येक वर्ष वर्षायाममा सुनसरीको चतरादेखि सप्तरीको रम्पूरा मल्हनियाँसम्मको झण्डै ४८ हजार बिगाहामा लगाइएको बालीनाली र विभिन्न खाद्यान्नबाली कोशीको पानीले डुबाउने गरेको पनि उनको गुनासो छ । पूर्व–पश्चिम राजमार्ग अन्तरर्गत सप्तरी र सुनसरीको बीचमा पर्ने भारदहमा सप्तकोशीको पुल निर्माण गरिएको छ ।

सम्झौता अनुसार कोशीपीडित परिवारलाई राहत दिने उद्देश्यले विद्यालय, अस्पताल, सडक तथा सिँचाइ सुविधा भारतले उपलब्ध गराउने भनिएपनि हालसम्म केही काम नभएको उनिहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL