Logo

प्रम ओली र महिला चेम्बरबीच भेट, महिलाको क्षमता विकास र उद्यमशिलता विकासमा सरकारको सहयोग

प्रम ओली र महिला चेम्बरबीच भेट, महिलाको क्षमता विकास र उद्यमशिलता विकासमा सरकारको सहयोग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिल महिलाहरु अरुमा निर्भर नभई आफ्नै क्षमतामा अघि बढ्न निर्देशन दिएका छन ।

प्रम ओलीले महिला उद्यमशीलताको विकासका लागि महिला चेम्बरले नेपाली महिलाको तालिममा ध्यान दिनु पर्ने बताउँदै सरकारले महिला विकास, साक्षरता र ज्ञानमुलक तालिमको लागि सहयोग गर्ने समेत बताएका छन ।

नेपाल चेम्बर अफ कर्मसका महिला प्रतिनिधिहरुको भेटमा प्रम ओलीले सो कुरा बताएका हुन । प्रतिनिधि मण्डलले महिला चेम्बरका अध्यक्ष डा. अञ्जान शाक्यलाई इजरायलका लागि नेपालको राजदूत नियुक्ती गरिकोमा प्रम ओलीलाई बधाई ज्ञापन समेत दिएका छन ।

सोही अवसरमा प्रम ओलीले महिला उद्यमीहरुबाट नेपालले ठूलो आशा राखेको र सबैसँग हातेमालो गर्दै उत्पादकत्व बढाउन र विदेशमा निर्यात गर्न गुणस्तरीय उत्पादनमा जोड दिनु पर्ने बताएका छन ।

प्रम ओलीले महिलाहरु अरुमा आत्म निर्भर नभई आफ्नै क्षमता र सक्रियतामा अघि बढ्नु पर्ने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL