Logo

मालिकाले छाप्यो साढे २ लाख स्मार्ट लाईसेन्स, यातायात कार्यालयबाट वितरण गरिँदै

मालिकाले छाप्यो साढे २ लाख स्मार्ट लाईसेन्स, यातायात कार्यालयबाट वितरण गरिँदै



काठमाडौं । यातायात व्यबस्था विभागले पछिल्लो समय साढे २ लाखभन्दा बढी स्मार्टकार्ड लाईसेन्स छापीसकेको छ । विभागले स्मार्टकार्ड लाईसेन्स छाप्ने जिम्मा लिएको मालिका ईन्कर्पोरेटले हालसम्म २ लाख ५० हजार भन्दा बढी लाईसेन्स छापिसकेको जानकारी दिएको हो ।

कम्पनीका अनुसार हाल विभागले दिएको डाटामा कुनै इरर नआएको र दैनिक १० हजारभन्दा बढी स्मार्टकार्ड लाईसेन्स छाप्ने काम गरिँदै आएको जानकारी दिएको छ । कम्पनीले हालसम्म साढे २ लाख लाईसेन्स छापेकोमा १ लाख ओटा लाईसेन्स विभागलाई हस्तान्तरण गरिसकेको छ ।

विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार कम्पनीले विभागलाई दिएका लाईसेन्समध्ये प्रायजसो लाईसेन्स वितरणका लागि विभिन्न यातायात कार्यलयहरुलाई पठाईएको छ । साथै यातायात कार्यलयहरुलाई भने सेवाग्राहीलाई उक्त स्मार्टकार्डहरु वितरण गरिरहेका विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए । स्मार्टकार्ड लाईसेन्स छाप्ने जिम्मा पाएको मालिका ईन्कर्पाेरेटका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालका अनुसार हाल विभागले डाटाको राम्रो उपलब्धता प्रदान गरेकाले सोहि अनुसारको कार्डहरु छाप्ने काम भईरहेको छ ।

‘फाट्टफुट्ट ईरर आएपनि हाल धेरै ठुलो मात्रामा इरर आएको छैन ।’, उनले भने, ‘हाल तिव्र रुपमा लाईसेन्स छापिरहेका छौं, कहिलेकाहीँ त दैनिक १० हजारओटा कार्डहरु पनि छाप्ने गरेका छौं ।’

विभागले कम्पनीसँगं प्रति लाईसेन्स १५ डलर तिर्नेगरी लाईसेन्स छाप्न १ महिना अघि मात्रै सम्झौता गरेको थियो । कम्पनीले पनि पाईपलाईनमा रहेका ५ लाख भन्दा धेरै लाईसेन्स २ महिनाभित्र प्रिन्ट गरेर विभागलाई बुझाउने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL