Logo

समयमै मेलम्ची आयोजना सम्पन्न गर्न अर्थ समितिको निर्देशन, मन्त्री मगर भन्छिन, बाँकी काम आफै गर्न सक्छौं

समयमै मेलम्ची आयोजना सम्पन्न गर्न अर्थ समितिको निर्देशन, मन्त्री मगर भन्छिन, बाँकी काम आफै गर्न सक्छौं



काठमाडौं । संघीय संसदको अर्थ समितिले मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले खानेपानी मन्त्री, सचिव लगायत सम्बद्ध पदाधिकारी तथा नेपाल सरकारलाई निर्देशन दिएको हो । समितिले आयोजनाको काम तोकिएकै समयमा लागत नबढ्ने गरी सकाउन समेत निर्देशन दिएको हो ।

समितिले पछिल्लो समयमा सिर्जना भएको परिस्थिती माथी समयमै छलफल गरी आयोजना सम्पन्न गर्न निर्देशन दिएको हो ।

खानेपानी मन्त्री विना मगरले भने आयोजनामा भएको गतिविधिले काम नरोक्ने बताएकी थिईन । उनले अहिले काम गरिरहेको सिएमसीका ठेकेदारले काम छोडे पनि काम समयमै सम्पन्न हुने र नेपाललाई घाटा नहुने जानकारी दिएकी थिईन ।

मन्त्री मगरले आयोजनाको ९५ प्रतिशत भौतिक निर्माण पूरा भइसकेकाले बाँकी काम सरकार आफैँले गर्न सक्ने समेत बताएकी छिन ।

मन्त्री मगरका अनुसार मेलम्चीको बाँकी ५ प्रतिशत हेडवक्र्समा सामान्य काममात्र बाँकी छ । त्यसभित्र ८ सय मिटरजति सुरुङ ढलान, पर्खाल निर्माण लगायतका काममात्र बाँकी रहेको उनले जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL