Logo

लागु भयो ‘पिक एन्ड ड्रप’ नियम, सवारी जाम घटेको महशुस

लागु भयो ‘पिक एन्ड ड्रप’ नियम, सवारी जाम घटेको महशुस



काठमाडौं । काठमाडौंका केहि सडकमा पिक एन्ड ड्रप नियम लागु भएसँगै अत्याधिक सवारी जाम नियन्त्रण भएको छ । काठमाडौं महानगरपालिका, ट्राफिक महाशाखा र यातायात व्यबस्था विभागले उक्त नियमको कार्यान्वयन गर्न सुझाव दिएको हो ।

उक्त नियम अनुसार सार्वजनिक सवारीसाधनहरुले स्टेशनमा यात्रु नकुरेर यात्रुलाई ओराल्ने र चढाउने मात्रै गर्नुपर्नेछ । आजै देखि लागु भएको उक्त् नियमको बारेमा ३ दिनसम्म लगातार सवारीसाधनका चालक र सहचालन तथा यात्रुलाई सुझाव र सल्लाह दिने ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले जानकारी दिए ।

उनका अनुसार सवारीलाई करिव ३ दिनसम्म जरिवाना तथा कुनै सजाय नहुने भएको छ । ‘हामिले उहाँहरुलाई पिक एन्ड ड्रपको बारेमा बुझ्नका लागि ३ दिनसम्मको समय दिनेछौं,’ उनले भने ‘त्यसपछिका दिनमा भने पिक एन्ड ड्रपको नियम लागु नगर्ने सवारीसाधनलाई ५ सय रुपैयाँसम्म जरिवाना गरिने छ ।’

महाशाखाले पहिलोपल्ट यो नियम रत्नपार्क वरिपरिका स्टेशनमा लागु गर्ने योजना लिएको एसएसपी पन्तले जानकारी दिए ।

उक्त नियम लागु भएसँगै सडकमा सवारीसाधनहरु निरन्तर रुपमा चलिरहेका छन । साथै रत्नपार्क वरिपरिका स्थानमा सवारी जाम पनि साविकको भन्दा घटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL