Logo

कामपाले ल्यायो स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा योजना, नयाँ प्रविधिमार्फत काठमाडौंको समस्या समाधान

कामपाले ल्यायो स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा योजना, नयाँ प्रविधिमार्फत काठमाडौंको समस्या समाधान



काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ संचालनमा ल्याएको छ । कामपाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंमा हाल व्याप्त विभिन्न समस्याको नयाँ प्रविधि तथा सोचमार्फत समाधान गर्नका लागि सो प्रतिस्पर्धाको संचालन गरेको हो ।

उक्त प्रतिश्पर्धाको उद्घाटनमा बोल्दै कामपाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको विकास गर्ने चाहना भए पनि विभिन्न नीति तथा आन्तरिक रोकावटले काममा ढिलाई हुने गरेको बताए । उनले कामपाको विकास गर्नका लागि काम गर्न चाहेको तर यसका लागि केही समय लाग्ने जानकारी दिएका छन ।

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा सायदै सरकारी क्षेत्रबाट पहिलो भएको बताउँदै उनले यस प्रतिष्पर्धामार्फत आईटी सेक्टरका केही स्टार्टअप रोजगारका लागि विदेश जान नपर्ने उल्लेख गरे ।

सोही कार्यक्रममा बोल्दै कामपाका उपमेयर हरिप्रभा खड्गीले काठमाडौंका हरेक जनतालाई उद्यमशील बनाउने योजना ल्याउन लागेको बताएकी छन । उनले काठमाडौं महानगरपालिकामा अवस्थित घर तथा जनसंख्याको एकिन तथ्याङक नभएको भन्दै उक्त तथ्याङक संकलनका लागि काम गरिरहेको जानकारी दिईन ।

कामपाले ‘हाम्रो काठमाडौं हामी बनाउँछौ’ भन्ने मुल नाराका साथ ल्याएको स्मार्ट शहरी प्रविधि प्रतिश्पर्धामा विभिन्न ४ ओटा विधा समावेस गरिएको छ । काठमाडौं महानगरपालिकाको समस्या पहिचान तथा अन्य किसिमका अवरोधहरुको समाधानका लागि उक्त ४ विधामा नयाँ प्रविधिमार्फत समाधान खोज्ने प्रयास गरिएको कामपाले जानकारी दिएको छ ।

काठमाडौंमा हाल रहेका विभिन्न समस्याहरुको नयाँ प्रविधिमार्फत समाधानका पहलहरु अघी बढाईने भएको हो । उक्त प्रतिश्पर्धामा समुदाय र वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यबस्थापन गरी ४ विधामा हरेक विषयका विभिन्न २८ क्षेत्रका २४ प्रतिश्पर्धीहरुले नयाँ सोचहरु प्रस्तुत गर्न पाउने कामपाले जानकारी दिएको छ ।

उक्त प्रतिश्पर्धाका प्रतिश्पर्धीलाई विभिन्न ६ ओटा चरणमा विभाजन गरी सम्पन्न गरिने भएको छ । यस्तै उक्त प्रतिश्पर्धामा उत्कृष्ट ंँक ल्याउने १०० जना प्रतिश्पर्धीहरुलाई करिव ३ महिना नियमित मेन्टरिङ तथा तालिम उपलब्ध गराईने भएको छ ।

यस्तै छनोट भएका ४ विषयका २४ प्रतिश्पर्धी समुहलाई फाईनलको लागि छनोट गरी अर्काे विशिष्ट तरणको तालिम प्रदान गरिनेछ । उक्त तालिम पश्चात २४ प्रतिश्पर्धीलाई फाइनल चरणका लागि प्रतिश्पर्धा गराईनेछ । जसमा च्यालेन्ज विजेतालाई ५ लाख र विभिन्न ४ विधामा उत्कृष्ट समुहलाई २÷२ लाख रुपैयाँको पुरष्कार घोषणा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL