Logo

कमल पोखरीको स्वरुप परिवर्तन हुँदै, वरपरी वाईफाई फ्रि गर्ने घोषणा

कमल पोखरीको स्वरुप परिवर्तन हुँदै, वरपरी वाईफाई फ्रि गर्ने घोषणा



काठमाडौँ । काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्यले कमलपोखरीको स्वरुप फेर्ने बताएका छन । कमल पोखरी निर्माणका लागि सहरी योजना आयोगले तयार पारेको प्रस्तावित ढाँचाका बारेमा छलफल गर्दै उनले उक्त पोखरीको सोहि ढाँचा अनुसार स्वरुप परिवर्तन गर्ने बताएका हुन ।

सहरी योजना आयोगमै सरोकारवालासँग छलफल गर्दै मेयर शाक्यले काठमाडौँको मुटुमा अवस्थित उक्त पोखरी मात्र नभई महानगर भित्र रहेका अन्य पोखरी र पार्कलाई पनि व्यवस्थित र हरियालीयुक्त बनाउने जानकारी दिए ।

उनले योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हालेमालो गरेर अघि बढ्न आग्रह गरेका छन । सहमतिका साथ काम अघि बढ्ने हो भने ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने दाबी पनि गरे ।

छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागिसमेत सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको उनको भनाई छ । मेयर शाक्यले पार्क, पोखरी सबै धर्म र आस्था भएकाहरुको साझा हुने भन्दै सो पोखरीको अस्तित्व जोगाउने गरी निर्माण गर्ने पनि जानकारी दिए ।

‘हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई–भाई पोखरी बनाउन खोजिरहेका छैनौँ,’ मेयर शाक्यले भने, ‘हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौँ ।’ उनले अब बन्ने कमल पोखरी वरीपरी चिल्र्डेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि जानकारी दिए । बृद्धबृद्धालाई समेत ध्यानमा राखेर निर्माणको ढाँचा तयार सो पोखरीमा रात्रीकालिन वत्तीको समेत व्यवस्था गरिएको सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले बताए । सो पोखरी निर्माण सम्पन्न भएपछि पोखरी वरीपरी फ्रि वाइफाईको समेत व्यवस्था गर्ने महानगरको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL