Logo

धौलागिरी यातायातको टिकट पनि अब अनलाईनमार्फत, बस सेवासँग गर्याे सम्झौता

धौलागिरी यातायातको टिकट पनि अब अनलाईनमार्फत, बस सेवासँग गर्याे सम्झौता



काठमाडौं । धौलागिरी यातायात समितिले पनि अनलाईन टिकट बुकिङ सुरु गरेको छ । प्रदेश नं. ४ स्थित समितिको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त योजनासँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्ने समितिले जानकारी दिएको छ ।

साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको जानकारी दिए ।

उनले भने ‘यातायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित् बनाउँदै अब सबै कुरालाई अटोमेशनमा लैजानेछौँ । ’

यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् ।

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL