Logo

४ महिनामा भित्रियो ११ अर्बको सुन, ४८ प्रतिशतले बढ्यो आयात

४ महिनामा भित्रियो ११ अर्बको सुन, ४८ प्रतिशतले बढ्यो आयात



काठमाडौं । गएको ४ महिनामा नेपालमा ११ अर्ब बराबरको सुन आयात भएको छ । अघिल्लो आर्थिक बर्षको पहिलो ४ महिनामा ७ अर्ब रुपैयाँ बराबरको मात्रै सुन नेपाल भित्रिएपनि चालु आबको सोहि अवधिमा भने सुन आयातमा ४८ दशमलव प्रतिशतले वृद्धि हुँदै ११ अर्ब २६ करोड पुगेको हो ।

नेपाल सरकारले विभिन्न वहानामा सुनको चोरी पैठारीमा रोक लगाएकाले यस बर्ष भने सुनको आयात बढ्न गएको सुन व्यवसायीहरुले जानकारी दिएका छन ।

यस्तै चालु आवको पहिलो ४ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ ।

नेपाल अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन बोर्डले हालै सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालमा यो आबको पहिलो ४ महिनामा ६९ अर्बको पेट्रोलियम पदार्थ भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL