Logo

नयाँ घर भाडामा खोज्दै प्राधिकरण, ईच्छुकलाई १५ दिनभित्र कागजात पेश गर्न आव्हान

नयाँ घर भाडामा खोज्दै प्राधिकरण, ईच्छुकलाई १५ दिनभित्र कागजात पेश गर्न आव्हान



काठामाडौं । नेपाल दूरसंचार प्राधिकरणले आफ्नो प्रयोजनका लागि नयाँ भवन भाडामा लिने भएको छ ।

प्राधिकरणले सिंहदरबारको आसपास ३ किलोमिटरभित्रका क्षेत्रमा उक्त भवनको आवश्यकता रहेको बताएको छ ।

प्राधिकरणले नयाँ बानेश्वर, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, बबरमहल, अनामनगर, पुतलिसडक, कमलादी, नक्साल, भाटभटेनी, लैनचौर, लाजिम्पाट, कालिकास्थान र डिल्लीबजार आसपासका क्षेत्रहरुमा घर चाहिएको जानकारी दिएको छ ।

यसका लागि प्राधिकरणले आजको दिनदेखि १५ दिनभित्रमा प्राधिकरको कार्यलयमा आफुले दिन चाहेको भवनको क्षेत्रफल र कोठा संख्या र आफुले भाडामा दिन चाहेको दर रेट उल्लेख गरि सम्बन्धित घर जग्गाको सम्पूर्ण कागजात संलग्न गरी सिलवन्दी कोटेशन पेश गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL