Logo

सामाजिक संजालमा विरोधपछि आजैबाट हट्यो जोरबिजोर प्रणाली, एक दिनमै पछि हट्यो सरकार

सामाजिक संजालमा विरोधपछि आजैबाट हट्यो जोरबिजोर प्रणाली, एक दिनमै पछि हट्यो सरकार



काठमाडौं । आज बिहान साँढे ११ बजेदेखि उपत्यकामा सवारीमा जोरबिजोर प्रणाली हटाईएको छ । जनतालाई सास्ती भएको र सामाजिक संजालमा चौतर्फी विरोध आएको भन्दै गृहमन्त्रालयले ट्राफिक महाशाखालाई उक्त जोरबिजोर प्रणाली हटाउन आदेश दिएको हो ।

मन्त्रालयले आजदेखि हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरुका लागि भन्दै जोर बिजोर प्रणाली लागु गर्न आदेश दिएको थियो । तर सामाजिक संजाल र संचारमाध्यममा अनावश्यक कार्यक्रममा जनतालाई दुख दिएर जोरबिजोर प्रणाली लागु गरेको भन्दै चौतर्फी विरोध आएपछि हटाईएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्त कुमार पन्तले बिजखबरलाई जानकारी दिए ।
उनले जोरबिजोर प्रणाली लागु गरिएकै दिनदेखि विभिन्न संचारमाध्यममा जनताले दुख पाएको कुरा आएकाले प्रणाली हटाईएको बताए । ‘भिआईपी व्यक्तिहरु आउने बेला भने सडकलाई केहि हदसम्म डाईभर्सन गरिनेछ ’, उनले भने, ‘ तर जनतालाई सास्ती दिनेगरी पुरै सडक बन्द भने गरिनेछैन ।’

महाशाखाले जनतालाई सास्ती दिने कुराको अवज्ञा गर्दै आएपति गृहमन्त्रालयबाटै आदेश आएकाले जोरबिजोर प्रणाली लागु गरिएको र सोहि अनुसार हटाईएको पनि उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL