Logo

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिँदै, मंसिर १६ गते रारा ताल सफा गरिने

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिँदै, मंसिर १६ गते रारा ताल सफा गरिने


रासस
0
Shares

काठमाडौं । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्नका लागि अभियान शुरु गरिने भएको छ । यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको हो ।

समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ । हिमाली जिल्ला मुगुमा पर्ने राराको अधिकतम लम्बाइ ५ किलोमिटर र अधिकतम चौडाइ ३ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर छ ।

उक्त कार्यक्रममा ५ सय मिटरको दूरीमा १५ वटा डस्टबिन राखेर स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब ७ किलोमिटरमा सरसफाइ गरी फोहोर व्यवस्थापन गरिने छ । कार्यक्रमअन्तर्गत यही मङ्सिर १७ गते जनप्रतिनिधि, स्थानीयवासीसँग विज्ञको अन्तक्र्रिया राखिएको छ ।

प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले प्लाष्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हुँदा देशका विभिन्न हिमाली जिल्लादेखि नै पहाड र तराई क्षेत्रमा उक्त अभियान शुरु गर्न लागिएको जानकारी दिए । देशका विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिसँग सहकार्य र समन्वय गरी उक्त अभियानलाई निरन्तरता दिने बताए ।
सन् २०२० मा २० लाख पर्यटक स्वदेशमा ल्याउन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटकस्थल सफा गरी उनीहरुलाई आकर्षित गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL