Logo

१३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागु हुने, तपाईँको जोर कि बिजोर ?

१३ देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागु हुने, तपाईँको जोर कि बिजोर ?



काठमाडौं । उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।

१४ गतेदेखि १७ गतेसम्म हुने एशिया प्यासिफिक सम्मेलनमा आउने बिशिष्ट पाहुनाको आवागमनमा सहज वातावरण निर्माण गर्न सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिएको हो ।

सवारी जाम नियन्त्रण गर्नका लगि जोर विजोर गर्न लागेको ट्राफिक महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार १३ र १५ गते विजोर अंकका सवारीसाधनहरु चल्न पाउने तथा १४ र १६ गते जोर अंकका सवारीमात्रै चल्न पाउने भएका छन ।

यस्तै जोरविजोर भने सवारीसाधनको अन्तिम अंकको आधारमा हुने महाशाखाले जानकारी दिएको छ । गृहमन्त्रालयको निर्देशन अनुसार उक्त नियम लागु गर्न लागेको महाशाखाले जानाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL