Logo

नेपालले आफ्नो प्रचार गर्न नसक्दा बंगलादेशसँगको व्यापारघाटा बढ्यो, बुद्धिष्ट पर्यटनमा लाग्न राजदूतको आग्रह

नेपालले आफ्नो प्रचार गर्न नसक्दा बंगलादेशसँगको व्यापारघाटा बढ्यो, बुद्धिष्ट पर्यटनमा लाग्न राजदूतको आग्रह



काठमाडौं । नेपालले आफ्नो स्रोत र साधनको उपयोग तथा त्यसको प्रचारप्रसार गर्न नसक्दा बंगलादेशसँगको व्यापारघाटा बढ्दै गएको नेपालका लागि बंगलादेशको राजदूत माश्फी बिन्टे शाम्सले बताईन । ‘नेपालको उत्पादनको बारेमा नेपालले बंगलादेशमा कुनै पनि प्रचारप्रसार गर्न सकेको छैन,’ उनले भने, ‘नेपाल बुद्ध भुमि भएको र बुद्धको प्रचार मात्र गर्न सकेपनि नेपालले बंगलादेशबाट ठूलो फाईदा लिन सक्छ ।’ साथै बुद्धिष्ट टुरिजमको प्रवद्र्धन गरी बंगालादेशबाट ठूलो मात्रामा पर्यटक भित्र्याएर फाइदा लिन समेत आग्रह गरिन ।

ब्यापार सम्बन्धी ज्ञानको कमि हुदा ब्यापार घाटा उच्च हुने कुरा उल्लेख गर्दै नेपाललाई सो विषयमा ध्यान दिन समेत आग्रह गरिन् । ‘ब्यापार, लगानी र पर्यटनको विकासको लागि संस्थागत व्यवस्थापन महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘बंगलादेशले छोटो समयमा हासिल गरेको बिकाशशिल राष्ट्र तर्फको यात्राबाट नेपालले पनि केहि सिक्नु पर्छ ।’ नेपाल र बंगलादेशले धेरै वटा क्षेत्रीय र अन्तराष्ट्रिय मन्च सेयर गर्दै आएको र एकअर्काको विकासका मुद्दा भएको भन्दै द्धिपक्षीय हितमा काम गर्न सकिने बताईन ।

कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले बंगलादेशसँगको सम्बन्ध प्रतिस्पर्धामा नभएर साझेदरितामा अघि बढाईने बताए । सागै बंगलादेशबाट नेपालमा लगानी र पर्यटन भित्र्याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको समेत उनले जानकारी दिए ।

विशेषगरी बंगलादेशसंगको ब्यापार घाटालाई कम गर्न केही समयअघि मात्र उर्जा ब्यापार सम्झौता गरिएको र यसको कार्यान्वयनको चरण शुरु भएपछि ब्यापार घाटा सन्तुलनमा आउने उनको दाबी थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल भर्जिन ल्याण्ड भएको बताउँदै नेपाल लगानीको लागि उपयुक्त ठाउँ भएको बताए । साथै नेपालले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउन गैरहेको जानकारी गराउँदै बंगलादेशबाट नेपालमा बढी पर्यटक भित्र्याउनका लागि सहयोग गर्नु राजदूतलाई आग्रह गरे ।

कार्यक्रममा ब्यापार, लगानी र पर्यटनको बिषयमा क्रमश ब्यापार तथा निर्यात प्रबद्र्धन केन्द्रका उप–निर्देशक राजेन्द्र सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठ र होटेल सोल्टीका महा–प्रबन्धक उपौल मजुमदारले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL