Logo

प्रभु मनि ट्रान्सफरको दशैतिहार योजनाका विजेता घोषणा, रामजीतले गरे हेलिकप्टरमा हलेसीको दर्शन

प्रभु मनि ट्रान्सफरको दशैतिहार योजनाका विजेता घोषणा, रामजीतले गरे हेलिकप्टरमा हलेसीको दर्शन



काठमाडौं । प्रभु मनी ट्रान्सफरले दशै तिहारको अफरको विजेता घोषणा गरेको छ । कम्पनीले दशैं तिहारको उपलक्ष्यमा ‘महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभुको उपहार’ नामक अफर अन्तरगतको विजेता आज घोषणा गरेको हो ।

नेपालमा विभिन्न देशहरुबाट रेमिट प्राप्त गरेका ग्राहकलाई कम्पनीले उक्त योजनामा सामेल गरेको थियो । कम्पनीले उक्त योजनाका विजेता नवलपरासीका रामजीत कहरलाई घोषणा गरेको हो ।

उनलाई कतारबाट राम कृपाल कहरले नेपालमा पैसा पठाएका थिए ।
उक्त योजनाका विजेता भएपछि उनले प्रभु हेलिकप्टरबाट हलेसी महादेवको दर्शन गर्न पाएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL