Logo

स्मार्ट लाईसेन्स छपाईको काम तीव्र, मालिकाले छाप्यो ६० हजार कार्ड

स्मार्ट लाईसेन्स छपाईको काम तीव्र, मालिकाले छाप्यो ६० हजार कार्ड



काठमाडौं । यातायात व्यवस्था विभागले ६० हजार भन्दा बढी स्मार्ट लाईसेन्स छपाई गरेको छ ।

मालिका ईन्कर्पाेरेटका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले हालसम्म ६० हजार थान स्मार्ट लाईसेन्स छपाई गरिसकेको जानकारी दिएका छन । उनका अनुसार यातायात व्यबस्था विभागले तथ्याङ्कहरु समयमै उपलब्ध नगराएका कारण स्मार्टकार्ड लाईसेन्सको छपाईमा केही ढिला हुन गएको थियो । तर, पछि भारतको चेन्नेईबाट ईन्जिनियर बोलाएर छपाईको काममा तिव्रता दिइएको छ ।

विभागले आफुले वितरण गर्ने स्मार्टकार्ड लाईसेन्सको छपाईलाई तीव्रता दिन नसक्दा उक्त जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको थियो । सोहीअनुसार मालिका इन्कर्पाेरेटले विभागमा पाईपलाईनमा रहेका स्मार्टकार्ड लाईसेन्स छाप्ने जिम्मा पाएको थियो ।

मालिकाले विभागलाई प्रतिकार्ड १५ रुपैयाँमा छापिदिने सम्झौता गरेको हो । साथै कम्पनीले विभागको पाईपलाईनमा भएका करिव ६ लाख स्मार्ट कार्ड लाईसेन्स २ महिनामा छापिसक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL