Logo

विश्वका कमजोर १० पासपोर्टको सुचिमा नेपालको पासपोर्ट पनि, सबैभन्दा शक्तिशाली पासपोर्ट कुन देशको ?

विश्वका कमजोर १० पासपोर्टको सुचिमा नेपालको पासपोर्ट पनि, सबैभन्दा शक्तिशाली पासपोर्ट कुन देशको ?


एजेन्सी
351
Shares

काठमाडौं । नेपालको पासपोर्ट विश्वका १० कमजोर पासपोर्टको सुचिमा परेको छ । पासपोर्टको रेंकिङ गर्ने हान्ली पासपोर्ट ईन्डेक्सका अनुसार विश्वका कमजोर पासपोर्टको सुचिमा नेपाल १ सय १ औँ स्थानमा रहेको छ ।

विश्वका विभिन्न देशहरुको पासपोर्टको रेंकिङ गर्दै आएको उक्त संस्थाले नेपाललाई १ सय १ औँ स्थानमा राख्दै ४० देशमा यसको पहुँच रहेको पनि उल्लेख गरेको छ ।

उक्त रेंकिङको पहिलो नंवरमा जापानको पासपोर्ट पर्न सफल भएको छ । यसका साथै जापानको पासपोर्टको पहुँच १ सय ९० गन्तव्यसँग रहेको पनि जानकारी दिएको छ ।

यस्तै रेंकिङको अन्तिम नंवरमा भने अफगानिस्तानको पासपोर्ट परेको छ जुन १ सय ६ औं स्थान रहेको छ ।

केहि ब्यक्तिहरुका लागि पासपोर्ट एक विश्व घुम्नका लागि बोकिने बस्तु हो भने केहिका लागि भने यो घुम्नका लािग केहि बाधा, अढचन सिर्जना गर्ने बस्तु पनि हो । पासपोर्टको सम्पुर्ण डाटा राख्ने हान्ली पासपोर्ट ईन्डेक्स पासपोर्टको विश्व पहुँचको बारेमा जानकारी राख्ने एक कठोर र जटिल मापन ईन्डेक्स हो ।

यसले तपाईँको पासपोर्टको सामान्य रेंकिङ राखेर तपार्इँको यात्रालाई स्वतन्त्र बनाईरहेको हुन्छ । तपाईँको पासपोर्ट कत्तिको कमजोर या पहुँचवाला छ भनेर पनि यसैले देखाईदिन्छ । यस्तै पछिल्लो १३ बर्षमा तपाईँको पासपोर्टमा केके फरक आयो लगायतका सुचनाहरु यसले उपलब्ध गराउने गर्दछ । यस्तै तपाईँको पासपोर्ट अन्य पासपोर्टसँग कसरी तुलना गरिन्छ भन्ने लगायतका जानकारी पनि यसले दिने गर्दछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL