Logo

आज बर्षकै सबैभन्दा धेरै विजुली खपत हुने दिन, यसरी हुँदैछ व्यवस्थापन

आज बर्षकै सबैभन्दा धेरै विजुली खपत हुने दिन, यसरी हुँदैछ व्यवस्थापन



काठमाडौं । नेपालमा साविकका दिनहरुभन्दा आज अर्थात लक्ष्मी पुजाको दिन धेरै नै विजुली खपत हुने गर्दछ । लक्ष्मी पुजाको अवसर पारेर विभिन्न चोक, मन्दिर, घर, कार्यालय आदिहरुमा झिलिमिली बत्ति तथा अन्य बत्तिहरु धेरै बालिने हुँदा आजको दिन धेरै विजुली खपत हुने गरेको विद्युत प्राधिकरणले बताएको छ ।

यसरी नेपालमा आजको दिन धेरै विजुली खपत हुँदा नेपाल विद्युत प्राधिकरण भने लोडसेडिङ नहुने बताउँदै आएको छ । प्राधिकरणका अनुसार यसबर्षको तिहार अर्थात आजकै दिन १ हजार २ सय ७० मेगावाट विद्युत माग हुने अनुमान गरिएको छ ।

प्राधिकरणले आजको दिनका लागि भनेर विभिन्न राष्ट्रिय प्रसारण लाईनबाट तथा अन्य जलविद्युत आयोजनाबाट विजुलीको मागको सम्बोधनका लागि सहकार्य गरिरहेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन । उनका अनुसार विजयादशमी पछिको महान चाड तिहारका लागि भनेर विभिन्न प्रसारण लाईनबाट भरपुर मात्रामा विद्युत आपुर्ति गर्न अनुरोध गरिएको छ ।

कुनै स्थानमा प्राविधिक गडबढीका कारण विद्युत आपुर्ति बन्द भए पनि तत्काल विद्युत कार्यालयमा फोन गरेमा तत्काल मर्मत गरिने व्यबस्था मिलाएको पनि जानकारी दिएका छन ।

कार्यकारी निर्देशक कुलमान घिसिङ २ बर्षअघि आजकै दिन लोडसेडिङको ब्यवस्थापन गरेका कारण चर्चा कमाएका थिए । उनले साविका दिनमा हुँदै आएको १२ देखि १५ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई हटाएर तिहारको दिन काठमाडौं झिलिमिली गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL