Logo

व्यवसायिक विस्तारमा महासंघ र कतार उवासंघबीच सहकार्य, संयुक्त लगानी भित्र्याउन पहल

व्यवसायिक विस्तारमा महासंघ र कतार उवासंघबीच सहकार्य, संयुक्त लगानी भित्र्याउन पहल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघले व्यवसायिक लगानी विस्तारका लागि सहकार्य गर्ने भएका छन ।

राष्ट्रपती विद्यादेवी भण्डारीको औपचारिक भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दैै कतार पुगेकी महासंघकी अध्यक्ष भवानी राणा र कतार उवा संघका उपाध्यक्ष मोहम्मद अहमेद ट्वार अल–कवारीले उक्त प्रतिवद्धता जाहेर गरेका हुन ।

आगामी दिनमा दुबै पक्षबाट आपसी व्यापार तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रहरूलाई उजागर गरी कृषि, पर्यटन, उर्जा, पूर्वाधार विकास लगायतका क्षेत्रमा कार्य गर्न संयुक्त रूपमा अगाडि बढ्ने प्रतिवद्धता जनाइएको छ ।

बैठकमा महासंघकी अध्यक्ष  राणाले नेपालमा कतारी लगानी आकर्षणका लागि कतार उवासंघबाट सहयोगको अपेक्षा समेत नेपाली निजी क्षेत्रले गरेको बताएकी छन ।

महासंघका उपाध्यक्ष चन्द्र ढकालले दुवै देश बीच पर्यटन, बैक तथा वित्तिय लगायतका अन्य सम्भाव्य क्षेत्रहरुमा लगानी बढाउनु पर्नेमा जोड दिएका र्थि ।

उनले कतार नेपालको प्रमुख रोजगार गन्तव्य समेत भएकाले कतारमा काम गरेर फर्केका उच्च शीप हासिल गरेका अनुभवी नेपालीहरूलाई समेत लक्षित गरी नेपालमा संयुक्त लगानी ल्याउन जोड दिएका छन ।

कतार उवासंघका उपाध्यक्ष मोहम्मद अहमेद ट्वार अल– कवारी ले नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघको संयुक्त सहयोगमा द्विपक्षीय व्यापार तथा व्यवसायिक अवसरहरू बढाउनु पर्ने धारणा व्यक्त गरे ।

उपाध्यक्ष्ँ कवारीले व्यापार तथा लगानी विस्तारका क्षेत्रमा बढी भन्दा बढी प्रगति गर्न दुवै संस्थाहरूको प्रतिवद्धता तथा समयसमयमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान तथा सम्भावित क्षेत्रहरूमा संयुक्त लगानीको शुरूवात गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL