Logo

यस बर्षको तिहारमा विद्युतको माग पौने १३ सय मेगावाट, नेपालभर लोडसेडिङ नहुने

यस बर्षको तिहारमा विद्युतको माग पौने १३ सय मेगावाट, नेपालभर लोडसेडिङ नहुने



काठमाडौं । यस बर्षका तिहारमा नेपालभर लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणले घोषणा गरेको छ ।

प्राधिकरणमा आज आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसीङले यसबर्षको तिहारमा नेपालभर नै लोडसेडिङ नहुने घोषणा गरेका हुन ।

पोहोरसालको भन्दा यसबर्ष विद्युतको सप्लाई बढी भएकोले तिहारमा माग भन्दा पनि बढी नै विद्युत सप्लाई दिन सकिने उनका भनाई थियो ।
‘यसबर्षको तिहारको दिन १२ सय ७० मेगावाटको पिक डिमान्ड हुने अनुमान गरिएको छ ।’ उनले भने । ‘तर त्यसभन्दा बढी डिमान्ड भयो भने पनि आरामले धान्न सकिने व्यबस्था मिलाईएको छ ।’

कुनै स्थानमा प्राविधि गडबडी भएमा मात्रै विद्युत जाने तर त्यस्तो सम्भावनालाई पनि आवश्यक कार्य गर्दै घटाईएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL