Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नआएपछि टिचिङ अस्पतालमा

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नआएपछि टिचिङ अस्पतालमा


रासस
432
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

केही दिनयता रुघा खोकी तथा छातीको इन्फेक्सनका कारण विरामी परेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नआएपछि आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल लगिएको हो । प्रम ओली रुघा खोकीका कारण केही दिनयता निजी निवासमै बसेर उपचार तथा आराम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL