Logo

कम्पनीमा दर्ता भएनन् सार्वजनिक सवारीसाधन, पर्ख र हेरको अवस्थामा व्यवसायी

कम्पनीमा दर्ता भएनन् सार्वजनिक सवारीसाधन, पर्ख र हेरको अवस्थामा व्यवसायी



काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन कम्पनीमा दर्ता हुनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेपनि सोही अनुरुप दर्ता नभएको पाइएको छ ।

सरकारले बैशाखमा यातायात निर्देशिका अनुसार व्यबसायीहरुले आफ्ना सवारीसाधनहरु कम्पनीमा दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको थियो । यातायात कार्यालय एकान्तकुनाका अनुसार हालसम्म जम्मा १ हजार ओटा सवारी साधन मात्रै कम्पनीमा दर्ता भएका छ । विभागमा दर्ता भएको सवारीसाधनको संख्यामा यो ज्यादै न्युन हो ।

सरकारले ल्याएको एउटा सवारीसाधन पनि कम्पनीमा दर्ता गर्नुपर्ने नियमको व्यबसायीले नै उल्लङ्घन गरेको पाईन्छ । यातायात कार्यालय एकान्तकुनाका प्रमुख बसन्त पन्थीका अनुसार सरकारले सम्पुर्ण सार्वजनिक सवारीसाधनहरु असार मसान्तसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा पञ्जिकरण हुनुपर्ने नियम बनाएको थियो । साथै सोही नियमलाई आत्मसात गर्दै व्यबसायीहरुले आफुहरुको तयारी नसकिएको भन्दै उक्त म्याद थप्न लगाएका थिए ।

उक्त निर्देशिका लागु भएको १÷२ महिना सवारीसाधन दर्ता गर्नेहरुको राम्रै उपस्थिति रहेपनि हाल भने म्याद सकिन लाग्दा जम्मा १ प्रतिशत पनि सार्वजनिक सवारीसाधनहरु पञ्जिकरण नभएको पन्थीले जानकारी दिए ।

उनका अनुसार सडकमा गुड्ने प्रायजसो सार्वजनिक सवारीसाधनहरु विना दर्ता चलिरहेका छन । यसरी सार्वजनिक सवारीसाधनहरु पञ्जिकरण हुन नमान्दा सार्वजनिक सवारीसाधनहरु पञ्जिकरण गर्नुपर्ने नीति नै धरापमा पर्न सक्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL