Logo

विश्वकप ट्रफी आज नेपालमा, यी हुन प्रदर्शनीका लागि राखिने स्थान

विश्वकप ट्रफी आज नेपालमा, यी हुन प्रदर्शनीका लागि राखिने स्थान



काठमाडौं । आईसिसि विश्वकप क्रिकेटको ट्रफी आज नेपाल आईपुग्ने भएको छ ।

इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट आयोजना हुने भएसँगै उक्त ट्रफीलाई विश्व भ्रमणका लागि आज नेपाल ल्याइने भएको हो । दिउसो ३ बजेर ४० मिनेटमा उक्त ट्रफी नेपाल आईपुग्ने भएको हो ।

उक्त ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ आई सोमबारसम्म नेपालका विभिन्न स्थानमा पुर्याईने भएको छ ।

नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पु¥याइनेछ । आज भने उक्त ट्रफी नेपाल ल्याइएलगत्तै स्वयम्भू लगिनेछ । स्वयम्भूमा केही घण्टा प्रदर्शनीमा राख्ने र शनिबार बिहान ट्रफीलाई पोखरा क्रिकेट रङ्गशाला लगिनेछ । पोखरा प्रिमियर लिग (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो ।

ट्रफीलाई पोखरा रङ्गशालाका साथै फेवाताल र सराङकोटसम्म पु¥याउने तालिका छ, समयले भ्याएसम्म रुपा ताल र बेगनास तालजसम्म ट्रफी पु¥याईने आईसिसिले जानकारी दिएको छ । त्यस्तै ट्रफी पुनः काठमाडौंमा ल्याई चन्द्रागिरी तथा बसन्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखिने छ । उक्त स्थानबाट सर्वसाधारणले ट्रफीसँगै फोटो खिच्न पनि सक्नेछन ।

आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गर्न लागेको हो । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL