Logo

बीमा समितिले माग्यो १ निर्देशक सहित १६ उच्च कर्मचारी, यस्ता छन प्रावधान

बीमा समितिले माग्यो १ निर्देशक सहित १६ उच्च कर्मचारी, यस्ता छन प्रावधान



काठमाडौं । बीमा समितिले विभिन्न उच्च पदका लागि १६ जना कर्मचारी माग गरेको छ ।

समितिले १ जना निर्देशक, १ जना उप निर्देशक तथा १ जना सहायक निर्देशकका लागि आन्तरिक परिक्षाबाट कर्मचारी नियुक्ती गर्ने भएको हो । साथै कानुन तर्फका लागि पनि १ जना सहायक निर्र्देशक पनि माग गरेको छ । जुन खुला प्रतिश्पर्धाबाट नियुक्ति गर्ने भएको हो ।

त्यस्तै समितिले २ जना चार्टर्ड एकाउन्टेन्ट र ५ जना तृतिय तहका सहायक अधिकृतको लागि आवेदन माग गरेको छ । समितिले उक्त पदका लागि कम्तिमा ५ बर्ष निजामतीको रुपमा काम गरेको अनुभव रहेको हुनुपर्ने जनाएको छ ।

समितिले तृतिय तहका कानुन सम्वन्धि अधिकृत पनि ३ जना माग गरेको छ ।

त्यस्तै प्रथम तहको सहायकका लागि भने खुला तथा दलित कोटाबाट २ जनाले आवेदन भर्न पाउने समितिले जानकारी दिएको छ ।

समितिले उक्त आवेदन भर्नका लागि मंसिर ८ गतेसम्मको अन्तिम मिति तय गरेको छ भने मंसिर १५ गतेसम्म दोव्बर दस्तुर तिरेर आवेदन दिन पाईनेछ । उक्त पदका लागि बीमा समितिले कम्तिमा पनि स्नातकोत्तर पास गरेको तथा सम्बन्धित विषयमा अनुभव रहेको हुनुपर्ने प्रावधान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL