Logo

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, विभिन्न विद्यालयलाई ४० थान कम्प्युटर हस्तान्तरण

हिमालयन बैंकको सामाजिक उत्तरदायित्व, विभिन्न विद्यालयलाई ४० थान कम्प्युटर हस्तान्तरण



काठमाडौं । हिमालयन बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न स्थानमा रहेका सामुदायिक विद्यालयहरुलाई सहयोग स्वरुप कम्प्युटरहरु प्रदान गरेको हो ।

बैंकले, कुलेश्वर माध्यमिक विद्यालय (कुलेश्वर, काठमाडौं) लाई ६ थान, तरुण माध्यमिक विद्यालय (बालाजु, काठमाडौं) लाई १२ थान, सरस्वती उच्च माध्यमिक विद्यालय (ठेचो, ललितपूर) लाई १२ थान कमप्युटर हस्तान्तरण गरेको छ ।

त्यस्तै जनजागृति आधारभूत विद्यालय (खोल्माटोल, निजगढ) लाई ५ थान तथा महेन्द्रोदय माध्यमिक विद्यालय (भीमेश्वर, दोलखा) लाई १० थान कम्प्युटर प्रदान गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सर्व सुलभ तथा गुणस्तरिय कम्प्युटर शिक्षा हासित गर्न सहयोग पु¥याउने उद्देश्यले कम्प्युटरहरु प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL