Logo

काठमाडौं बाट दशैंका लागि १० लाख बाहिरिए, आजबाट सबै क्षेत्रको रुटपरमिट खुला

काठमाडौं बाट दशैंका लागि १० लाख बाहिरिए, आजबाट सबै क्षेत्रको रुटपरमिट खुला



काठमाडौं । दशैं मनाउनका लागि काठमाडौंबाट १० लाख जना बाहिरिएका छन् । बुधबार अर्थात घटस्थापनाको दिनसम्म काठमाडौं बाट दशैंका लागि बाहिरिनेको संख्या करिव १० लाख पुगेको यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार नेपालका विभिन्न क्षेत्रमा दशैं तिहार तथा छठ पर्व मनाउनका लागि जम्मा १५ देखि २० लाख जना काठमाडौं बाहिर जाने गरेका छन् । सो मध्ये आजसम्म करिव १० लाख जना दशैं मनाउनका लागि आफ्नो घर गई सकेका छन ।
उनका अनुसार अवको ६ देखि ७ दिनमा काठमाडौंबाट बाहिरिनेको संख्या २० लाख पुग्नेछ । यसरी काठमाडौं बाट बाहिरिने यात्रुहरुको सहजताका लागि भनेर यातायात व्यबस्था विभागले आजैदेखि सार्वजनिक सवारीसाधनलाई नेपाल भरका लागि रुट परमिट पनि खुलाएको छ ।

विभागले काठमाडौंबाट बाहिरिने तथा नेपालभरका अन्य स्थानबाट आ–आफ्नो घर जाने यात्रुहरुलाई टिकट पाईएन भन्ने समस्याबाट मुक्त गराउन आजदेखि असोज ३१ गतेसम्मका लागि रुट इजाजत खुला गरेको हो । साथै विभागले काठमाडौंबाट बाहिरिने यात्रुहरुले काठमाडौं नारायणघाट खण्डमा यातायात जामका कारण सास्ती नपाउन भन्नका लागि ठुला अर्थात १६ र १८ चक्के मालवाहक गाडीहरु पनि उक्त रुटमा प्रवेश निशेध गरेको छ । यस्ता गाडीहरु असोज ३१ गतेसम्मका लागि चितवनको नारायणघाट भन्दा यता आउन नदिने विभागले जानकारी दिएको छ ।

यस्तै काठमाडौंबाट बाहिरिने यात्रुहरुले काठमाडौंकै कलङ्कीमा घण्टौं जाममा पर्नुपर्ने समस्या रहेको यातायात व्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार सो स्थानमा जाम हुने समस्या चाँडै नहटाए यात्रुले सास्ती खेप्नुपर्ने निश्चित छ । ‘दशैंको बेला यात्रुलाई समस्या नहोस भन्नका लागि समग्र बस व्यबसायीहरु लागिपरेका छौं ।’, उनले भने । ‘सरकारले पनि यात्रुलाई सहजता प्रदान गर्न बाटोमा आईपर्ने विभिन्न किसिमका बाधाव्यवधान सल्टाउनुपर्नेछ अनिमात्रै यात्रुहरु सहजताका साथ आफ्नो घर जान पाउनेछन ।’ कलङकी, नागढुङगा, थानकोट लगायतका स्थानमा गाडीहरु धेरै जाममा पर्ने हुनाले यसलाई गम्भिर रुपमा लिनपर्ने उनको तर्क छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL