Logo

कामपाले आगामी साउनबाट अनलाईनमा तथ्याङ्क राख्दै, तथ्याङ्क संकलनका लागि परामर्शदाता आह्वान

कामपाले आगामी साउनबाट अनलाईनमा तथ्याङ्क राख्दै, तथ्याङ्क संकलनका लागि परामर्शदाता आह्वान



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउनसम्ममा महानगरभित्र रहेका सबै घरको सुचना अनलाईनमार्फत हेर्न पाईने गरि प्रक्रिया थालेको छ ।

कामपाले महानगरभित्र रहेका प्रत्येक घरको बारेमा विस्तृत जानकारी अनलाईन मार्फत दिनका लागि आवश्यक तयारी थालेको हो । कामपाले विभिन्न घरको विस्तृत जानकारी तथा सेवा सुुविधाहरु अनलाईमार्फत हेर्न पाउने सुविधा लन्च गर्नका लागि आगामी केहि हप्तापछि बाट आवश्यक तयारी थाल्ने सुचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार २०७६ सालको साउनसम्म महानगरभित्र रहेका हरेक घरको बारेमा जानकारी अनलाईनमार्फत उपलब्ध गराउन पहिलो चरणमा तथ्याँक संकलन गर्नुपर्ने हुन्छ ।

उक्त तथ्याङ्क संकलन पश्चात तथ्याङ्कलाई डिजिटलाइज्ड गर्दै सफ्टवेयरमा राख्नुपर्ने हुन्छ । उक्त नयाँ सुविधाका लागि सफ्टवेयरको निर्माण भईरहेको र तथ्याङ्क संकलनका लागि भने परामर्शदाता कम्पनीको छनोटका लागि आह्वान गर्ने निर्णय भएको छ ।

उक्त परामर्शदाताको आह्वानपश्चात परामर्शदाता कम्पनीले महानगरमा रहेका हरेक घरको तथ्याङ्क संकलन गर्नेछ र साहिअनुसार तथ्याङ्कहरु अनलाईनमा राखिनेछ । कामपाले उक्त अनलाईनमा काठमाडौंमा कतिओटा घर छन उक्त घरहरुमा कतिजना मानीसहरु बसोबास गर्ने गरेका छन, सो घर बाट विदेश कतिजना गएका छन लगायतका तथ्याङ्कहरु अनलाईनमा राख्नेछ ।

साथै कामपाले महानगरमा बसोबार गर्ने रैथाने र बाहिरबाट आएर बसेका मानीसहरुको ईन्फर्मेशन खुलाउने छ । कामपा सुचना प्रविधि महाशाखा प्रमुख काफ्लेका अनुसार यसका लागि विभिन्न तयारी तथा काम आरम्भ यहि भदौमै हुन भनियपनि विभिन्न प्राविधिक कारणले काम पछि धकेलिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL