Logo

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियार विरुद्ध मुद्दा दायर, १९ करोड रुपैयाँ भ्रष्टाचारको आरोप

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियार विरुद्ध मुद्दा दायर, १९ करोड रुपैयाँ भ्रष्टाचारको आरोप



काठमाडौं । पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरुद्ध भ्रष्ट्राचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार विरुद्ध मुद्दा दायर गरेको हो ।

कम्पनीले विभिन्न किसिमका निर्माणमा कमसल काम गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । कम्पनीलाई बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग गरेको लगायतका आरोप लागेको छ ।

यस्तै अख्तियारले उक्त आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले संघीय समाजवादी फोरम नेपालका सांसद समेत रहेका उनका छोरा सुमित रौनियारलाई १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL