Logo

दैनिक उकालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य, निगमको मासिक घाटा सवा अर्ब माथि

दैनिक उकालो लाग्दै पेट्रोलियम पदार्थको मूल्य, निगमको मासिक घाटा सवा अर्ब माथि



काठमाडौं । ईन्डियन आयल कर्पाेरेशनले पेट्रोलियम पदार्थको मूल्य सुचि पठाएसँगै नेपाल आयल निगम घाटामा जाने देखिएको छ । ईन्डियन आयल कर्पाेरेशनले आजै पठाएको मूल्य सुचिअनुसार निगमले अबको १ महिनामा मात्रै सवा अर्ब बराबरको घाटा बेहोर्ने देखिएको हो ।

निगमले हाल पेट्रोल प्रतिलिटर ५ दशमलव ४५ रुपैयाँ डिजेल प्रतिलिटर ४ दशमलव ४३ रुपैयाँ र एलपी ग्याँस प्रतिसिलिन्डर ४ सय ४ दशमलव ७३ रुपैयाँ घाटामा बेचिरहेको देखिएको छ ।

पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढीरहँदा पनि नेपाल आयल निगमले भने घाटामा पेट्रोलियम पदार्थ बेचिरहेको निगमका महानिर्देशक सुशील भट्टराईले जानकारी दिए ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य बढे पछि नेपालमा त्यसको प्रत्यक्ष असर परेको छ । नेपालले १५ दिनमा ६४ करोड ५७ लाख बराबरको घाटा बेहोरीरहेको निगमले जानकारी दिएको हो ।

यसका साथै १ महिनामा कुल घाटा १ अर्ब २९ करोड पुग्ने भएपछि निगमले अब पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै घाटा कम गर्ने पनि महानिर्देशक भट्टराईले जानकारी दिए ।

हाल भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर ३१ दशमलव ७५ रुपैयाँ, डिजेल प्रतिलिटर ३० दशमलव १६ रुपैयाँ सस्तोमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL