Logo

एग्रेशिभ हुँदै नेपाल चेम्बर, धादिङ र धनुषा चेम्बरको उद्घाटन, ७७ वटै जिल्लामा पुग्दै

एग्रेशिभ हुँदै नेपाल चेम्बर, धादिङ र धनुषा चेम्बरको उद्घाटन, ७७ वटै जिल्लामा पुग्दै



काठमाडौं । केही समयअघि मात्रै नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिएको नेपाल चेम्बर अफ कमर्शले आफुलाई संघीय संरचना अनुरुप एग्रेसिभ रुपमा विस्तार गरेको छ ।

नेपालकै सबैभन्दा पुरानो व्यवसायीक संस्था नेपाल चेम्बर अफ कमर्शले सोही अनुरुप पछिल्लो समय धादिङ र धनुषा जिल्लामा आफुलाई विस्तार गरेको छ । देशको संघीय संरचना अनुरुप ७७ जिल्ला र सबै स्थानीय तहमा पुर्याउने लक्ष्य अनुरुप अघि बढेको चेम्बरले हालसम्म देशका ६० जिल्लामा विस्तार गरिसकेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

जिल्ला जिल्लामा आफुलाई विस्तार गर्ने क्रममा शनिवार बिजय साहको अध्यक्षतामा धनुषा चेम्बर अफ कमर्शको नयाँ कार्यसमिति गठन गरी औपचारिक रुपमा उद्घाटन गरेको छ । धनुषा चेम्बरको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले देशको संघीय संरचना तथा उद्योगी व्यवसायीको हकहितका लागि नेपाल चेम्बरलाई देशका सबै स्थानमा पुर्याइने बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कृषि, पर्यटन र उद्योगको क्षेत्रमा अब प्रदेशले फड्को मार्नुपर्ने बताउँदै सोही अनुरुप लगानीमैत्री वातावरण बनाउन आग्रह गरे । साथै प्रदेश भित्रका उद्योगी–व्यवसायीहरुले प्रदेश सरकारसँग मिलेर कृषि, उद्योग र पर्यटनको क्षेत्रमा लगानीको लागि वातावरण बनाउनलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैगरी शुक्रबार नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले धादिङ् चेम्बर अफ कमर्शको औपचारिक रुपमा उद्घाटन गरेका थिए । धादिङ्मा गोविन्दकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मल्लले देशमा राजनीतिक संक्रमणकाल अन्त भई स्थिर तथा वहुमतीय सरकार गठन भएकोले अब मुलुकले आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने बताए । ‘निजी क्षेत्रको सशक्तिकरणको माध्यमबाट मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्छ,’ उनले भने, ‘जसका लागि कृषिमा व्यवसायीकरण एग्रो टुरिजम, हाइड्रो टुरिजम, रिभर टुरिजम आदिको विकास गरी सबैमा निजी क्षेत्रको व्यापक सहभागिता गराएमा मात्र देशले दोहोरो अंकको आर्थिक वृद्धी हासिल गर्न सक्नेछ ।’

साथै मल्लले निजी क्षेत्रको धरोहरका रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स मुलुकका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पुर्याउने उद्यमी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग हरसम्भव पहल गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL