Logo

विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम ‘मोदीकेयर’ सुरु, नेपालमा स्वास्थ्य बीमाको प्रभाव कति ?

विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम ‘मोदीकेयर’ सुरु, नेपालमा स्वास्थ्य बीमाको प्रभाव कति ?



काठमाडौं । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरिएको छ । आईतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताउँदै यो कार्यक्रमको घोषणा गरेका हुन ।

‘मोदीकेयर’ उपाधि दिइएको उक्त कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ ।

कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना छ ।

प्रधानमन्त्री मोदीले झारखण्ड राज्यको राजधानी राँचीमा आयोजित समारोहमा पहिलो मेडिकल कार्ड आइतबार हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन । उक्त अवसरमा प्रधानमन्त्री मोदीले स्वास्थ्य क्षेत्रमा भारतको यो पहिलो ऐतिहासिक दिन भएको जानकारी पनि दिएका छन ।

उनले उक्त बीमा कार्यक्रम भारतका गरिब परिवारका लागि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर कायम गर्न ठूलो कदम भएको बताउँदै यसबाट बर्षेनी १० करोडभन्दा बढी परिवारले लाभ लिन सक्ने बताए ।

भारतमा अस्पताल र चिकित्सकको अभावका कारण अधिकांश भारतीयले निजी स्वास्थ्य क्लिनिक र अस्पतालबाट उपचार लिइरहेको पाइन्छ । तर निजी क्लिनिकमा उपचार गर्न चाहने व्यक्तिले चिकित्सकको शुल्कबापत भारु १ हजार तिर्नु पर्दछ । दैनिक २ डलरभन्दा कम आम्दानी हुने यहाँका गरिब परिवारका लागि यो रकम ज्यादै बढी हो ।

सरकारी अनुमान अनुसार भारतमा आम्दानीको ६० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ । विज्ञहरुले सरकारको पछिल्लो अभियानलाई स्वागतयोग्य भनी प्रशंसा गरेका छन् । तर उनीहरुले यो सेवा सामान्य र दैनिक उपचार सेवामा पनि उपलब्ध हुनुपर्ने बताएका छन् ।
त्यस्तै नेपालमा भने विसं २०७३ सालदेखि सुरु गरिएको स्वास्थ्य बीमा त्यती प्रभावकारी भएको देखिँदैन ।

गरिव नेपालीलाई लक्षित गरि ल्याईएको उक्त कार्यक्रम शुरुमा नेपालका ५ जिल्लाबाट शुरु गरि सबै नेपालीलाई नै उक्त कार्यक्रम पुर्याईने लक्ष्य राखिएको भए पनि हालसम्म यसको प्रभावकारी मुल्यांकन भने नभएको देखिन्छ ।

साथै नेपालीहरुमा बीमासम्बन्धी विभिन्न नकारात्मक धारणा, जनचेतनाको कमि तथा अन्य धेरै किसिमका बाधाहरुले यो कार्यक्रम प्रभावकारी हुन नसकेको नियामक निकाय बीमा समिति बताउँदै आएको छ ।

नेपाल सरकारले न्युन आय भएका नेपालीको निशुल्क बीमा गराउने कार्यक्रम ल्याएको भए पनि त्यती प्रभावकारी भएको देखिदैन । नेपाल सरकारको उक्त कार्यक्रम हाल नेपालका विभिन्न ३९ जिल्लामा पुगेको बताईए पनि प्रभावकारी रुपमा भने नरहेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL