Logo

चाँगुनारायण मन्दिरको जीर्णोद्धार सम्पन्न, सर्वसाधारणका लागि खुल्ला

चाँगुनारायण मन्दिरको जीर्णोद्धार सम्पन्न, सर्वसाधारणका लागि खुल्ला



काठमाडौं । भक्तपुरस्थित चाँगुनारायण मन्दिरको जीर्णाेद्धार सम्पन्न भएको छ । २०७२ सालको भुकम्पले क्षतिग्रस्त उक्त मन्दिरको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सर्वसाधारणका लागि खुल्ला गरेका हुन ।

मन्त्री अधिकारीले क्षमापुजा गर्दै उक्त मन्दिर सर्वसाधारणका लागि खुल्ला गरेका हुन । चाँगुनारायण सँगै, छिन्नमस्ता सरस्वती, किलेश्वर महादेव मन्दिरको पनि जीर्णोद्धर सम्पन्न गरिएको छ ।

मन्त्री अधिकारीले विकास समितिको सभापति हुँदा मन्दिर जीर्णोद्धरका लागि बजेट विनियोजनमा खेलेको भुमिका स्मरण गर्दै मन्दिर जीर्णोद्धार सम्पन्न भएकोमा खुशी हुँदै यी क्षेत्रहरुको सुरक्षा अब सरकारले गर्ने जानकारी दिएका छन ।

मन्त्री अधिकारीले मन्दिर परिसरमा आगन्तुक पर्यटक तथा दर्शनार्थीलाई सम्पदाबारे जानकारी दिन ऐतिहासिक घटना क्रम सहितको सूचना बोर्ड राख्न स्थानीय सरकारका प्रतिनिधिलाई आग्रह पनि गरेका छन ।

८० लाखको लागतमा चाँगुनारायण मन्दिर जीर्णोद्धार सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । उनले
लक्ष्मी नारायण मन्दिर, संख चक्र गणेश, भिमसेन पाटी, चौघेरा सत्तल र आसपासका सम्पदाहरु पुनः निर्माण गर्न बहुबर्षीय योजना अन्तर्गत बोलपत्र स्वीकृत भएको पनि बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL